दफा ९
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) फार्मेसी व्यवसायलाई व्यवस्थित तथा वैज्ञानिक ढङ्गबाट सञ्चालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरु तयार गरी त्यसको कार्यान्वयन गर्ने ।
(ख) फार्मेसी व्यवसाय अध्ययन गराउने शिक्षण संस्था र त्यस्ता संस्थाले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिलाई मान्यता प्रदान गर्ने ।
(ग) फार्मेसी व्यवसाय अध्ययन गराउने शिक्षण संस्थाको पाठ्यक्रम, भर्नाको शर्त तथा परीक्षा प्रणाली सम्बन्धी स्तर निर्धारण गर्न र निर्धारित स्तर कायम गरे वा नगरेका सम्बन्धमा आवश्यक विवरण माग गरी गुणस्तर कायम नगर्ने शिक्षण संस्थाले प्रदान गरेको प्रमाणपत्र तथा उपाधि तोकिए बमोजिमको प्रक्रिया पूरा गरी मान्यता फिर्ता लिने ।
(घ) फार्मेसी व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र निर्धारित योग्यता पूरा गरेका फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम परिषद्को दर्ता किताबमा तोकिए बमोजिम दर्ता गर्ने ।
(ङ) दर्तावाला फर्मासिष्ट तथा फार्मेसी सहायकले तोकिए बमोजिमको व्यवसायिक आचार संहिताको उल्लंघन गरेमा वा पालना नगरेमा तोकिए बमोजिमको
कार्यविधि पूरा गरी त्यस्ता फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने ।